१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २३ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २३ शुक्रबार १६:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

६ करोडबराबरका खसी–बोका र च्याङ्ग्रा ल्याउने खाद्य संस्थानको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २३ शुक्रबार १६:२९:oo

कोरोना भाइरसको संक्रमणको उच्चवृद्धिकै बाबजुत खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडले ६ करोड रुपैयाँबराबरका खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ । 

संस्थानले करिब तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको हो । काठमाडौं उपत्यकालाई लक्षित गरी सो खसी, बोका र च्याङ्ग्रा ल्याउने प्रस्ताव संस्थानले गरेको छ ।

संस्थानले ढुवानी, खरिदलगायतको जिम्मा दिइसकेको र घटस्थापनाको आसपासमा  खसी, बोका र च्याङ्ग्रा ल्याउने खाद्य  संस्थान तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकृत शर्मिला सुवेदीले जानकारी दिइन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्चदरमा वृद्धि भइरहेको छ । 

दसैँको रौनक कम भए पनि कम्पनीले गत वर्षझैँ सर्वसुलभ रूपमा खसी, बोका बिक्री–वितरण गर्न लागेको हो ।

गत वर्ष पनि  कम्पनीले तीन हजारबराबरीकै हाराहारीमा खसी–बोका बिक्री– वितरण गरेको थियो । 
‘गत वर्षको  जतिको उत्साह छैन, तैपनि खसी बिक्री–वितरण सहज होस् भन्ने हेतुले खरिद गर्न लागिएको छ,’ सुवेदीले भनिन् ।

कम्पनीले  हरेक वर्षको दसैँ लक्षित गरी खसी,बोका ल्याउने गरेको छ ।

वितरणमा चुनौती
कोरोना भाइरसको संक्रमणका कारण यसपटक कसरी खसी, बोका बिक्री–वितरण गर्ने भन्ने चुनौती थपिएको छ । 

कोरोनाको  उच्च जोखिम  भएकाले  भिडभाड नगरी कसरी वितरण गर्ने भन्ने  विषयमा छलफल भइरहेको  सुवेदीले बताइन् । 

संक्रमणलाई ध्यानमा राख्दै अनलाइन अर्डर गर्ने गरी व्यवस्था मिलाउने, दूरी कायम राखेर तिरण गर्ने भन्ने  विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

‘अनलाइन वितरण प्रभावकारी हुन सक्ने भए तापनि उपभोक्ताले रोजेर स्वस्थ वा अस्वस्थ यकिन गर्न सम्बन्धित ठाउँमै जानुपर्ने हुन्छ, त्यस्तो अवस्थामा भिड कम गर्न के गर्न सकिन्छ सो छलफल गरौँ,’ सुवेदीले भनिन् ।

संस्थानले अन्य ठाउँको तुलनामा प्रतिकेजी १० रुपैयाँ छुट दिने गरेको छ  । 

गत वर्षजत्तिको उत्साह छैन : चौपाय खरिद–बिक्री सेवा संघ
कोरोना भाइरसको कारण गत वर्षजत्तिको खसी–बोका बिक्री–वितरणमा  उत्साह नभएकोले खसी–बोका कम बिक्री हुने चौपाय खरिद बिक्री सेवा संघका अध्यक्ष भानुभक्त पराजुलीले बताए ।

उनका अनुसार यसपटक कलंकी खसी बजार केन्द्रबाट २५ हजार खसी–बोका बिक्री–वितरण हुने सक्ने अनुमान गरिएको छ । 

‘यसपटक उपत्यकाबाट बाहिर जानेहरूको संख्या कम हुने भएकाले उपत्यकामा मासुको खपत बढी हुने अनुमान छ,’ पराजुलीले भने ।