मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २१ शुक्रबार
  • Friday, 05 March, 2021
रासस/एएनआई
२०७७ असोज २२ बिहीबार १६:००:००
Read Time : > 1 मिनेट
अर्थ

चालू आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छ : विश्व बैंक

Read Time : > 1 मिनेट
रासस/एएनआई
२०७७ असोज २२ बिहीबार १६:००:००

कोरोना  महामारीका कारण चालू आर्थिक वर्ष ०२०/२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ।

कोरोनाको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर पर्ने पनि बैंकले जनाएको छ । खासगरी अनौपचारिक क्षेत्रमा कार्यरत ठूलो संख्याका कामदारले रोजगारी गुमाउने र लाखौँ मानिस गरिबीको दुश्चक्रमा पर्ने बैंकको भनाइ छ । 

पाँच वर्षदेखि वार्षिक ६ प्रतिशतको आर्थिक वृद्धिदर रहेको दक्षिण एसियाको अर्थतन्त्र कोरोनाका कारण यसअघि ७.७ प्रतिशत खुम्चने अनुमान गरिएको थियो । क्षेत्रीय वृद्धि सन् ०२१ मा ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । तर, कोभिड– १९ ले पुऱ्याएको क्षतिलाई ४.५ प्रतिशतको आर्थिक वृद्धिले सम्बोधन गर्न निकै कठिन हुनेछ । 

विगतका आर्थिक मन्दीमा पनि लगानी र निर्यातमा हुने गरेका कमीले अर्थतन्त्रमा संकट निम्त्याउने गरेका थिए । यसपटक भने परिस्थिति भिन्न छ । वैयक्तिक उपभोग्य सूचकांकमा पनि १० प्रतिशतभन्दा बढीले कमी आउने देखिएको छ । 

केही मुलुकमा विप्रेषणको आयमा पनि कमी आउने र त्यसबाट जीविकोपार्जनमा समस्या उत्पन्न हुनेछ । विश्व बैंकका लागि दक्षिण एसियाली उपाध्यक्ष हार्टविजले कोभिड– १९ का कारण संकटमा परेको दक्षिण एसियाको अर्थतन्त्रका कारण साना व्यवसाय र अनौपचारिक क्षेत्रका कामदारमाथि ठूलो समस्या खडा भएको बताए  । उनले रोजगारी गुम्ने र आम्दानी घट्ने समस्याबाट आममजदुर पीडित हुने पनि बताए । 

हार्टविजले सरकारले आफूसँग रहेको सीमित स्रोतसाधनलाई बुद्धिमतापूर्वक उपयोग गर्नुपर्ने जोड पनि दिए । दक्षिण एसियाका कुल मजदुरमध्ये खासगरी पर्यटन, खुद्रा व्यापार र यातायात क्षेत्रका मजदुर सबैभन्दा ठूलो समस्यामा रहेकाे अध्ययनले देखाएको छ । गरिबीमा पिल्सिएका जनताले खाद्यान्नको बढ्दो मूल्यको सामना गर्नुपरेको छ ।

सानो संख्याका अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिले मात्र सामाजिक बिमामा पहुँच बनाएका छन् वा उनीहरूसँग सानोतिनो बचत रकम रहेको वा वित्तीय संस्थासँग पहुँच छ । विश्व बैंकको प्रतिवेदनमा सरकारले सबैलाई सामाजिक सुरक्षा उपलब्ध गराउन आग्रह गरिएको छ । साथै अधिकाधिक उत्पादकत्व, सीप विकास र मानव पुँजी निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

आर्थिक पुनरुत्थानलाई गति दिन सरकारहरूले अन्तर्राष्ट्रिय र स्वदेशी लगानी जुटाउनुपर्ने बैंकको भनाइ छ । 

दीर्घकालीन रूपमा डिजिटल प्रविधिले अनौपचारिक क्षेत्रका कामदारका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्ने, दक्षिण एसियालाई बढी प्रतिस्पर्धी बनाउने तथा बजारसँग बढी अन्तरसम्बन्धित बनाउने पनि बैंकको अनुमान छ ।