१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी
२o८१ बैशाख ३१ सोमबार ११:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आइपिएल : दिल्लीले बेंग्लोरलाई ५९ रनले हरायो

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:५३:oo

दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लाेरलाई ५९ रनले पराजित गर्दै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थान कब्जा जमाएको छ । 

दिल्लीले पाँचमध्ये चार खेलमा जित निकाली सर्वाधिक आठ अंक जोडेको छ । बेंग्लाेरले पाँच खेलमा तीन जित र दुई हार निकालेको छ ।

बेंग्लाेर ६ अंकका साथ तेस्रो स्थानमा छ । अंक–तालिकामा साबिक विजेता मुम्बई इन्डियन्स दोस्रो स्थानमा रहँदा ६ अंक बटुलेको छ । तालिकामा किंग्स ११ पन्जावले पाँच खेलबाट दुई अंक मात्र बटुलेको छ । किंग्स ११ पुछारमा छ । 

दुबईको डिएससी मैदानमा दिल्लीले पहिलो निर्धारित २० ओभरको ब्याटिङमा चार विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । प्रत्युत्तरमा बेंग्लाेरले २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ३७ रनमात्र बनायो । दिल्लीले यसपटक विशाल योगफल बनाउने क्रममा चार ब्याट्सम्यानको राम्रो साथ पायो ।

ओपनर पृथ्वी साउ र शिरख धवनले पहिलो विकेटका लागि ६.४ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । पृथ्वीले आफ्नो विकेट गुमाउनुअघि २३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ४२ रनको योगदान दिए । 

त्यसपछि शिखरले २८ बलमा तीन चौकाको मद्दतमा ३२ रनको योगदान दिए । सो इनिङ्समा रिषभ पन्त र मार्कोस स्टोनिसले चौथो विकेटका लागि ८९ रनको साझेदारी गरे । दुवैले ९०–३ बाट १७९–४ को स्थितिमा दिल्लीलाई राखे । 

रिभषले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३७ रन बटुले । मार्कोसले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गरी ५३ रनको योगदान दिए । बलिङमा बेंग्लोरका लागि मोहमेद सिराजले ३४ रनमा दुई विकेट हात पारे । 

प्रत्युत्तरमा बेंग्लोरले कुनै पनि समयमा उत्कृष्ट ब्याटिङ गर्न सकेन । कप्तान विराट कोहली मात्र क्रिजमा धेरैबेर टिकेका थिए । 

यसबाहेक अन्य ब्याट्सम्यानका प्रदर्शन फितलो नै रह्यो । विराटले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गरी सर्वाधिक ४३ रनको योगदान दिए । आरो फिन्चले १३ रन, मोइन अलीले ११ रन र वासिङटन सुन्दरले १७ रन बटुलेका थिए । 

बलिङमा कागिसो राबडाले घातक बलिङ गरेका थिए । उनले चार ओभरमा २४ रन खर्चेर बेंग्लोरका चार ब्याट्सम्यानलाई आउट पारे । 

यसैगरी अन्रिच र अक्षर पटेलले दुई–दुई विकेट लिएका थिए । लक्ष्य पछ्याउँदा बेंग्लोरले पावर प्लेमा तीन महत्वपूर्ण विकेट गुमाएको थियो । दिल्लीका स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलले चार–चार ओभर बलिङ गर्दा बेंग्लोरका ब्याट्सम्यानले केवल ४४ रन मात्र बटुल्न सफल भए । 

बेंग्लोरका कप्तान कोहली एकै टोलीबाट धेरै खेल खेल्ने खेलाडी बनेका छन् । उनले बेंग्लोरबाट प्रतिनिधित्व गर्दै आइपिएलमा एक सय ९७ खेल खेले । 

समरसेटका जेम्स हिल्ड्रेथको एक सय ९६ खेलको रेकर्ड कोहलीले तोडेका छन् । यसैगरीे टी–२० खेलमा नौ हजार रन पूरा गर्ने विराट पहिलो भारतीय ब्याट्सम्यान बनेका छन् । 

ad
ad