१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o५:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजाजको नयाँ एभेन्जर स्ट्रिट १६० एबिएस बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:२८:oo

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ एभेन्जर स्ट्रिट १६० एबिएस भित्र्याएको  छ । नयाँ एभेन्जर स्ट्रिट १६० स्पोस्टर डिजाइनमा केही भिन्न रूपमा देखा पर्नेहरूका लागि बनाइएको हो । 

यसमा रोडस्टर डिजाइनको हेडल्याम्प रहेको जनाइएको छ । एलइडी डिआरएलका साथ यसले दीर्घकालीन छाप सिर्जना गर्ने कम्पनीको दाबी छ । यसमा सहर र हाइवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रिट कन्ट्रोल ह्यान्डलबारहरू रहेको जनाइएको छ । 

यसमा रहेको १६० सिसी डिटिएस–आई इन्जिनले १६०ः१५ पिएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ । यसमा ५–स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ ।

सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रिट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेक रहेको कम्पनीले जनाएको छ । स्पाइसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा यसको सुरुवाती मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ रहेको जनाइएको छ । 

ad
ad