१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जापानमा बनेको सुजुकी कार नेपाली बजारमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:o१:oo

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरू नेपाली बजारमा ल्याउने भएको छ । हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरू मात्र भित्रिरहेकोमा कम्पनीले जापानमै निर्मित कार ल्याउने भएको हो । 

जापानमा निर्मित कार भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिकालगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द अनुभव गर्न पाउने कम्पनीले जनाएको छ । सिजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्ने र मारुती सुजुकी इन्डियाको उत्पादन पनि ल्याइरहने जनाएको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब हामी सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा छौँ ।’ यो च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुने जनाइएको छ ।

भिटारा युरोपेली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम एसयुभीमा पर्ने कम्पनीको दाबी छ । यसमा फोर ह्विल सिस्टम, १.६ लिटरको इन्जिन र अन्य अत्याधुनिक फिचर रहने जनाइएको छ । यसकारण यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीले विश्वास व्यक्त गरेको छ । २०२१ मार्चसम्ममा आइपुग्ने अपेक्षा गरिएको यसको सुरुवाती मूल्य ७९ लाख ९९ हजार रुपैयाँ हुने जनाइएको छ । 

ad
ad