१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्विर : एजेन्सी
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १३ मंगलबार १३:१९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना भाइरसबाट १० महिनामा १० लाखको मृत्यु, भ्याक्सिनको अझै टुंगो छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १३ मंगलबार १३:१९:००

कोरोना भाइरस (कोभिड– १९) बाट विश्वभर मृत्यु हुनेको संख्या दश लाख नाघेको छ । चीनको वुहान सहरमा गत डिसेम्बर अन्तिममा पहिलोपटक देखिएको भाइरसले दश महिनाको अवधिमा दश लाख मानिसको ज्यान लिएको हो ।

यसमध्ये सबैभन्दा बढी मृत्यु हुनेको संख्या अमेरिकामा छ । अमेरिकामा मात्रै दुई लाखजनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । भाइरस संक्रमणबाट भारत र ब्राजिलमा गरी दुई लाखकै हारामारीमा मृत्यु भएको छ । भाइरस संक्रमण अझ तीव्र बनिरहेको अवस्थामा यो संख्या झनै उकालो लाग्ने देखिन्छ । 

जाडो याम नजिकिँदै गर्दा भाइरस संक्रमण अझ घातक बन्न सक्ने देखिएको छ । युरोपका प्रायः देशहरूमा फेरि संक्रमण संख्या बढ्न थालेपछि त्यसलाई रोक्ने प्रयासस्वरूप कतिपय ठाउँमा लकडाउनको घोषणा गरिएको छ ।

यो समस्याले विश्वभर बेरोजगार र गरिबीको संख्या अझ बढाउने आकलन गरिएको छ । विश्व बैंकको प्रक्षेपणअनुसार एसिया र प्यासिफिकमा मात्रै थप ३८ मिलियन मान्छे यो वर्ष गरिबीको चपेटामा पर्ने जनाइएको छ ।

इटालीको फुटबल टोलीमा संक्रमण 
इटालीको गेनोवा फुटबल टोलीले खेलाडी र आफ्नो कर्मचारी गरी १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ । गत आइतबार गेनोवाले नेपलेससँग खेलेको थियो । नेपलेस इटालीमा धेरै संक्रमण भएको क्षेत्र हो । खेलाडी र टोलीका सदस्यलाई संक्रमण देखिएपछि गेनोवाको खेल आगामी खेल पछि सर्ने भएको छ ।

क्यानसिनो भ्यासिन बालबालिकामा परीक्षण गरिने
कोरोना भाइरसविरुद्धको भ्यासिन निर्माण गरिरहेको चीनको क्यानसिनो बायोलजिक्स इन्कले दोस्रो चरणको परीक्षण गर्दै छ । दोस्रो चरणको परीक्षणमा चार सय ८१ स्वयमंसेवी सहभागी हुँदै छन् । यसमा ६ देखि १८ वर्षसम्मका बालबालिका पनि सहभागी हुँदै छन् । यस्तै, ५६ वर्ष र योभन्दा बढी उमेरका व्यक्ति पनि परीक्षणमा सहभागी हुँदै छन् । यो कम्पनीले इबोलाविरुद्धको भ्यासिन पनि निर्माण गरेका थियो । उक्त भ्यासिनको परीक्षणमा सहभागी भएका व्यक्तिहरू पनि यो परीक्षणमा सहभागी हुँदै छन् ।

फिलिपिन्समा अनिच्छुक गर्भाधान बढ्यो
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण फिलिपिन्समा अनिच्छुक गर्भाधान बढेको देखिएको छ । यो वर्षको अन्त्यसम्म भाइरस संक्रमणका कारण लकडाउन जारी रहे फिलिपिन्समा अनिच्छुक गर्वाधान आधा वा २६ लाखले बढ्ने अनुमान संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले जनाएको छ । क्वारेन्टिन वासका कारणले फिलिपिन्समा महिना दिनमा ६० जना सुत्केरीको मृत्यु भएको पनि कोषले जनाएको छ ।

पछिल्लो सात हप्तामा दक्षिण कोरियामा घट्दो संक्रमण 
दक्षिण कोरियामा पछिल्लो २४ घन्टामा ३८ नयाँ संक्रमण सार्वजनिक गरेको छ । यसको अघिल्लो दिन मात्रै ५० नयाँ संक्रमण देखिएको थियो । यो संख्या दक्षिण कोरियामा पछिल्लो सात सातायताकै कम भएको जनाइएको छ ।

मेक्सिकोमा मृत्यु हुनेको संख्या बढ्दो 
मेक्सिकोले तीन हजार चार सय नयाँ संक्रमण संख्या देखाएको छ । यससँगै देशमा संक्रमितको संख्या सात लाख ३३ हजार नाघेको छ । मेक्सिकोमा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । मेक्सिकोमा १७ हजारभन्दा बढीको मृत्यु भएको छ । –एजेन्सीको सहयोगमा