१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असोज ९ शुक्रबार १४:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा थप एक कोरोना संक्रमित पुरुषको निधन

Read Time : < 1 मिनेट
२०७७ असोज ९ शुक्रबार १४:५१:००

पर्सामा थप एकजनाको कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा पोखरिया नगरपालिकाका ७७ वर्षीय पुरुष रहेका छन् । 

उनकोे नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पतालमा बिहीबार राति मृत्यु भएको अस्पतालमा खटिएका डा. असरफ हुसेनले जानकारी दिए ।

उनका अनुसार उनी मुटु र मिर्गाैलाका बिरामी थिए । उनको कोभिड अस्पतालको भेन्टिलेटरमा उपचाररत अवस्थामा बिहीबार राति पौने ९ बजे मृत्यु भएको हो ।

गत ७ असोजमा नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरेर पिसिआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । 

योसँगै हालसम्म काेराेनाबाट पर्सामा ४६ जनाको निधन भएको छ ।