मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका डडेल्धुरा
२०७७ असोज ८ बिहीबार ०८:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

डडेल्धुरा अस्पतालमा एक संक्रमितको मृत्यु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
२०७७ असोज ८ बिहीबार ०८:२२:००

कोराेना संक्रमणका कारण डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो ।

नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्‍याइएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको थियाे । उनकाे डडेल्धुरा अस्पतालको प्रयोगशालामा पनि  काेराेना परीक्षण गरिएकाे थियाे । 

परीक्षणको नतिजा पाेजेटिभ आएकाे काेभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । डडेल्धुरामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।     

बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वासप्रश्वासको गति बन्द भइसकेको र स्वाब परीक्षण गर्दा कोराेना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगदीश विष्टले जानकारी दिए ।  योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १६ पुगेको छ ।