मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज ८ बिहीबार
  • Saturday, 12 July, 2025
२o७७ असोज ८ बिहीबार o७:२६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

तनहुँका एक युवाकाे चितवन मेडिकल कलेजमा मृत्यु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ८ बिहीबार o७:२६:oo

कोरोना संक्रमणका कारण चितवन मेडिकल कलेजमा एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका– ३ का ३९ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२:५५ बजे मृत्यु भएको हो । डायलाइसिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो । उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो ।