१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ७ बुधबार
  • Tuesday, 08 July, 2025
२o७७ असोज ७ बुधबार १६:५८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन गर्न आइसिएसको सिफारिस

हाल सक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ७ बुधबार १६:५८:oo

इन्सिडेन्स कमान्ड सिस्टम (आइसिएस)को बुधबार बसेको बैठकले सक्रिय संक्रमित २५ हजार नाघेमा बन्दाबन्दी गर्न सरकारलाई सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यसम्बन्धी निकायको मौजुदा भौतिक संरचनाका कारण २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएमा व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय भएको बताए । 

‘आज सक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ छ,’ गौतमले भने, ‘संक्रमित २५ हजार नाघे हाम्रो मौजुदा स्वास्थ्यसम्बन्धी निकायले सेवा दिन कठिन छ । त्यसैले यस्तो निर्णय भएको हो ।’

बैठकले संक्रमण दर बढिरहेको र जोखिम उच्च नै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको गौतमले जानकारी दिए ।

त्यसैगरी विभिन्न अस्पतालले शुल्क बढी लिएको सम्बन्धमा गुनासो आएकाले स्वीकृति दिने निकायले कडाइ साथ अनुगमन गर्ने र कारबाही गर्ने निर्णय पनि आइसिएसले गरेको छ ।

बैठकले असोज पहिलो सातासम्म जनस्वास्थ्यका मापदण्ड पालनाको अवस्था हेर्दा सिसिएमसीमार्फत कडाइसाथ अनुगमन गरी कारबाही गर्ने निर्णय पनि गरेको गौतमले जानकारी दिए ।