मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी वासिङ्टन
२०७७ असोज ३ शनिबार १४:१२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित दुई करोड २३ लाख निको भए 

Read Time : < 1 मिनेट
रासस/एएफपी वासिङ्टन
२०७७ असोज ३ शनिबार १४:१२:००

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या तीन करोड सात लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

संक्रमितमध्ये दुई करोड २३ लाख ४१ हजार पाँच सय ७८ जना निको भइसकेका छन् । 

कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । 

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित देश अमेरिका हो ।  दोस्रो धेरै संक्रमित भएको देश भारत र तेस्रो बढी संक्रमित देश ब्राजिल हाे  ।

मृतक संख्याको हिसाबले भने बढी प्रभावितमा ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा संक्रमण बढ्दै गएको देखिएको छ ।