मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज २ शुक्रबार
  • Friday, 11 July, 2025
रासस/एएफपी वासिङ्टन
२o७७ असोज २ शुक्रबार १५:४२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना अपडेट : विश्वभर तीन करोड तीन लाख संक्रमित, दुई करोड २० लाख निको भए 

Read Time : < 1 मिनेट
रासस/एएफपी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o७७ असोज २ शुक्रबार १५:४२:oo

विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड २० लाख ४६ हजार चार सय ८८ व्यक्ति निको भइसकेका छन् । 

विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या तीन करोड  तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । 

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८ लाख ७४ हजार पाँच सय ९६ भन्दा बढी संक्रमित भएका छन् भने दुई लाख दुई हजार दुई सय १३ जनाको मृत्यु भएको छ ।