मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७७ भदौ ३१ बुधबार १६:०५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ भदौ ३१ बुधबार १६:०५:००

कर्णाली प्रदेशमा बुधबार ५१ जना कोरोना संक्रमित थपिएका छन् । 

प्रदेश अस्पताल सुर्खेत–पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेश अस्पताल सुर्खेत–पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेख, जाजरकोट उदयपुरका एक–एकजनामा कोरोना देखिएको हो । 

त्यसैगरी जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका एकजना र चौरजहारी पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । 

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार नाै सय १४ पुगेको छ । 

बुधबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट ३६ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखाका प्रमुख शाहीले बताए । 

‘योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार ६ सय पाँच पुगेको छ,’ उनले भने, ‘हाल कोरोनाका सक्रिय बिरामीको संख्या तीन सय ३ रहेको छ ।’

प्रदेशमा कोरोनाका कारणले ६ जनाले ज्यान गुमाएका छन् ।