१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ भदौ ३१ बुधबार ०९:४०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ भदौ ३१ बुधबार ०९:४०:००

गण्डकी प्रदेशमा बुधबार बिहान थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये कास्कीका २९ छन् । संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर– ४ का आठजना, ११ का पाँचजना, ८ का तीनजना, २७ का चारजना, १५ का दुईजना, १० का दुईजना र वडा नम्बर– १, ५, ६ र ९ मा एक–एकजना छन्। 

यसैगरी रूपा गाउँपालिका- १ का एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार गोरखामा १३ जना, तनहुँमा पाँचजना र बाग्लुङमा तीनजना संक्रमित थपिएका छन् । बुधबार थपिएका संक्रमितमध्ये पोखरा-४ का आठजना पुरुष नेपाल प्रहरीमा कार्यरत छन् ।

याेसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार एक सय ६६ पुगेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार आठ सय ९५ जना कोरोना निको भएर घर फर्केका छन् । 

हाल सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ४० पुगेकाे छ । यस प्रदेशमा ३१ जनाको कोरोना संक्रमणकै कारण ज्यान गुमेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।