मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ ३० मंगलबार १७:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सिराहा कारागारका एक सय ४८ कैदीबन्दीमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ भदौ ३० मंगलबार १७:०८:००

सिराहाकाे जिल्ला कारागारका एक सय ४८ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

गत भदौ २५ मा दुई सय ४६ जनाको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा परीक्षण गरिएको थियो । मंगलबार आएको परीक्षण रिपाेर्टमा एक सय ४८ जना कैदीबन्दीमा संक्रमण देखिएको हो । 

यस्तै सोमबार १५ जना कैदीबन्दीको रिपाेर्ट पनि पोजेटिभ आएको थियो । योसँगै एक सय ६३ जना कैदीबन्दीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । स्वाब संकलन भएका दुई सय ४६ मध्ये पटक–पटक गरी अहिलेसम्म दुई सय ६ जनाको परीक्षणको रिपाेर्ट आइसकेको छ ।

यसअघि कारागारका ८४ जनामा संक्रमण देखिएका थियाे । अहिलेसम्म कारागारमा संक्रमितको संख्या दुई सय ४७ पुगेको छ । 

कारागारमा क्षमताभन्दा तीन गुणा बढी पाँच सय ९७ जना कैदीबन्दी छन् । कैदीबन्दीका लागि कारागारभित्रै आइसोलेसन राखिएको कारागार प्रमुख बबिता महतोले जानकारी दिइन् । संक्रमितको संख्या वृद्धि भएसँगै कारागारमा परीक्षणको दायरा बढाइएको महतोले बताइन् ।