१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ ३० मंगलबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किशोरी सामूहिक बलात्कार आरोपमा तीन पक्राउ

Read Time : < 1 मिनेट
२०७७ भदौ ३० मंगलबार १५:१८:००

ओखलढुंगामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका तीनजना पक्राउ परेका हुन् ।

पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई किशोरसहित १८ वर्षका एक किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । 

उनका अनुसार तीनजना मिलेर बालिकालाई २४ भदौमा सामूहिक बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ । 

प्रहरी चौकी घोराखोरीको टोलीले आरोपित तीनैजनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ल्याएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एकजनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक बस्नेतले जनाए । 

बालिकाको स्वास्थ्य परीक्षणपछि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।