मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २७ शनिबार १२:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना कहर : मजदुरी गुमेपछि अशोक दर्जीले आत्महत्या गरे  

Read Time : < 1 मिनेट
२०७७ भदौ २७ शनिबार १२:२५:००

महामारीमा गरिबीको बोझ थाम्न नसकेर मोरङ सुन्दरहरैँचा नगरपालिका– १०  सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले आत्महत्या गरेपछि छोराछोरीहरू बिचल्लीमा परेका छन् । 

बजारमा ज्याला–मजदुरी गरेर गुजारा चलाउँदै आएका दर्जीले महामारीमा रोजगारी पाउन छाडेपछि २२ भदौमा घरभित्रै पासो लगाएर आत्महत्या गरेका थिए । कमाउने बाबुले नै आत्महत्या गरेपछि उनका चारजना छोराछोरी बिचल्लीमा परेका हुन् । 

लकडाउनअघि उनकी श्रीमती दिलमाया नेपाली दलालको उक्साहटमा भारतको बाटो हुँदै वैदेशिक रोजागारीमा जान भनेर फागुन अन्तिममा बिदा भएकी थिइन् । भारतको दिल्ली पुगेपछि लकडाउनले उनी छेकिएको खबर आयो । तर, लकडाउनपछि कहाँ छिन् अत्तोपत्तो छैन ।   

महामारीमा रोजगारीमा पनि समस्या आएको र श्रीमती पनि बेपत्ता भएपछि श्रीमान् अशोक विक्षिप्त भए । उनले २२ भदौ दिउँसो घरभित्र निदालमा पासो लगाएर आत्महत्याको बाटो रोजे । 

अशोक र दिलमायाका १३ वर्षीय छोरा समीर, छोरीहरू १५ वर्षीया सञ्जु, १६ वर्षीया शर्मिला र १९ वर्षीया सविना दर्जी छन् । १९ वर्षीया छोरी सविनाको मात्र बिहे भएको छ । कान्छी छोरी सञ्जु अपांग छिन् । छोरा कुपोषणले ग्रस्त छन् । उनी बजारमा प्लाष्टिक टिपेर हिँड्ने गर्दथे । परिवारको आर्थिक अवस्था दयनीय भएकोले सबैले तीन–चार वर्षअघि नै स्कुल पढ्न छाडेका थिए । 

दयनीय परिवारको अभिभावकले नै आत्महत्या गरेपछि सिंगो गाउँ शोकाकुल भएको छ ।