मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर रासस
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २६ शुक्रबार १८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा स्थायी कमिटी बैठकमा ओली र प्रचण्डले के भने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार १८:१२:००

आन्तरिक संघर्षका कारण लामो समयदेखि बस्दै र रोकिँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक शुक्रबार सकिएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव पारित गर्दै  बैठक सकिएको छ । 

बैठकमा अध्यक्ष ओली र प्रचण्डका साथै झलनाथ खनाल, माधवकुमार नेपाल, अमृतकुमार बोहरा, रघु पन्त, लीलामणि पोखरेल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका यादव, भीम आचार्य र नारायणकाजीले धारणा राखेका थिए । 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको प्रारम्भमै सम्बोधन गर्दै ओलीले बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको बताएका छन् ।  नयाँ उचाइको एकता र संकल्पसहित सकारात्मक ढंगले अगाडि बढाउने निष्कर्ष बैठकले निकाल्ने विश्वास ओलीको छ । उनले देशी–विदेशी तथा प्रतिक्रियावादी शक्तिले नेकपालाई कमजोर बनाउने र तोडफोड गराउने अपेक्षा असफल भएको बताए । 

श्रेष्ठका अनुसार प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै एकताको रक्षा गरेर पार्टीलाई वैचारिक रूपमा रूपान्तरण गर्ने र पार्टीलाई संगठनात्मक रूपमा पनि अझ मजबुद बनाउने गरी बैठकबाट आधार प्रदान गरेको बताए । 

उतारचढावबाट शिक्षा लिँदै आगामी दिनमा पार्टी एकताको उद्देश्य पूरा गर्ने गरी बहस र छलफल अगाडि बढाउने र पार्टीलाई अझ बढी सुदृढ गर्ने उनले बताए ।   बहसको प्रक्रियालाई अगाडि बढाएर महाधिवेशन सफल बनाउन उनले आह्वान गरेका थिए ।