मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २५ बिहीबार
  • Saturday, 29 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ भदौ २५ बिहीबार o५:५७:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

निर्देशक छेतन गुरुङको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ २५ बिहीबार o५:५७:oo

निर्देशक तथा लेखक छेतन गुरुङको निधन भएको छ । ‘प्रेमगीत ३’ निर्देशक गुरुङको बुधबार बिहान मेट्रो हस्पिटल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि लिभरमा समस्या भएका उनलाई दुई दिनअघि हस्पिटल भर्ना गरिएको र उपचारको क्रममै  निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । गुरुङले ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता चलचित्र लेखेका थिए ।

उनको पहिलो निर्देशन रहेको चलचित्र ‘डम्बरुको डन्डिबियो’ थियो । पछिल्लो समय उनी ‘हुतुतु’ चलचित्र निर्देशनको तयारी गर्दै थिए ।