मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २४ बुधबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

Read Time : < 1 मिनेट
२०७७ भदौ २४ बुधबार १०:१९:००

आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

भदौ ७ गते ६३ वर्षीया आमालाई जबर्जस्ती करणी गरेर फरार भएका देउमाई नगरपालिका– ६ शान्तिडाँडाका २३ वर्षीय युवालाई इलाम नगरपालिका– ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो ।

उनलाई गएराति प्रहरी निरीक्षक नवीन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्तविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।