१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ २ बुधबार o७:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रदेश २ मा हुन्डी कारोबार बढ्यो

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४o:oo

१४ भदौमा भारतबाट १२ लाख नेपाली रुपैयाँ लिएर आउँदै गरेका धनुषा नगराइन नगरपालिका जटहीमा ३५ वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरीले पक्राउ गर्‍यो ।

त्यसको दुई दिनअगाडि १२ भदौमा पनि रौतहटको ईश्वरनाथ नगरपालिकाका–९ मा सशस्त्र प्रहरीले बिआर ३० एन ९५८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका राजपुर नगरपालिका–२ का दिनेश साहलाई २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गर्‍यो । त्यसअघि सिराहाको अर्नामा नगरपालिकामा २० लाख भारुसहित एक नेपाली नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । 

साउनदेखि हालसम्म ७८ लाख ५८ हजार ३ सय २० रुपैयाँ स्रोतविनाको रकम बरामद भएको प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ । जबकि, गत आर्थिक वर्षमा ९४ लाख ५१ हजार रुपैयाँ बरामद भएको थियो । यसले पनि नेपालमा जोखिमका कारण भएको लकडाउन तथा निषेधाज्ञामा हुन्डी कारोबारमा वृद्धि भएको देखाएको छ । 

लकडाउनले नेपाली बजार ठप्प भएको तथा सिमानामा प्रहरीले कडाइ गरेपछि भारतबाट दैनिक लाखाैँ रुपैयाँ हुन्डीमार्फत आइरहेको एक सुरक्षा अधिकारीले बताए । उनले भने, ‘पहिला हुन्डीका कारोबारीले नेपालबाट मटर, केराउ, अलैँचीलगायतका सामानहरू भारतमा निर्यात गर्थे । तर, अहिले प्रहरीको कडाइ र नेपालबाट भारततर्फ निर्यातमा बन्द भएपछि हुन्डी कारोबारीहरूले एजेन्ट नै खटाएर नेपालमा पैसा पठाउने गरेका छन् ।’ 

लकडाउनका कारण नेपालका बैंक तथा वित्तीय संस्था बन्द रहेका कारण पनि भारतबाट हुन्डी कारोबार बढेको सशस्त्र प्रहरीका प्रदेश–२ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्मचार्यले बताए । पछिल्लो केही दिनयता भारतबाट अवैध रूपमा हुने पैसाको कारोबार बढेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले पनि लाखौँ नेपाली भारतमा मजदुरी गरिरहेका छन्, लकडाउनका कारण बैंक वित्तीय संस्थाहरू बन्द रहेको अवस्थामा हुन्डीमार्फत नै घरमा पैसा पठाउने गर्छन् । अर्को, लकडाउनमा आर्थिक अवस्था दयनीय भएर पनि कतिपय नेपालीले भारतमा रहेका आफ्ना नातेदारसँग सापटीका रूपमा पैसा ल्याउने गरेको पाइएको छ ।’ 

ad
ad