Skip This
ओली र प्रचण्डबीच बालुवाटारमा दुई घन्टा छलफल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली र प्रचण्डबीच बालुवाटारमा दुई घन्टा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १९:२o:oo

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा दुई घन्टा छलफल भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठकको एजेन्डाबारे ओली र प्रचण्डबीच छलफल भएको हो । 

पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभा सदस्य मनोनयनलगायतका एजेन्डामा सचिवालयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । 

उपाध्यक्ष वामदेव गौतम गत १४ फागुनको सचिवालय बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने अडानमा छन् । उक्त बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत रहेका ओली भने अर्थमन्त्री युवराज खतिवडालाई नै दोहोऱ्याउने गरी सिफारिस गर्ने पक्षमा छन् ।

ad
ad