Skip This
ad
मुगुमा वाणिज्य बैंकले भेट्टायो हजारको नक्कली नोट 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

मुगुमा वाणिज्य बैंकले भेट्टायो हजारको नक्कली नोट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:१o:oo

जिल्लाको वाणिज्य बैंक शाखामा कारोबार गर्न आएका सेवाग्राहीबाट बैंकले एक हजारको नक्कली नोट फेला पारेको छ ।

मंगलबार छायानाथ रारा नगरपालिका– १३ का सुरथबहादुर रावतले आफ्नो खातामा जम्मा गर्न ल्याएको एक हजारको नोटमाथि शंका लागेपछि राष्ट्रिय वाणिज्य बैंक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको हो ।

एक हजारको एउटा मात्र नोट जम्मा गर्न आएका रावतले जम्मा गरेर घर फर्किसकेपछि अन्य नोटभन्दा फरक लागेपछि नोट चेक गर्दा नक्कली भेटिएको बैंकका नगद सहायक सरोज न्यौपानेले जानकारी गराए ।

भेटिएको नोटमा सक्कली नोटभन्दा तौल कम भएको, रंग फिक्का देखिएको, हातमा नोट मुठ्ठी पार्दा कागजजस्तै डल्लो पर्ने गरेको, पानी छापमा रहेको लालीगुराँस नभएको, नोटको बीचमा रहेको सिल्भर चम्किलो रेखा नभएको पाइएको उनको भनाइ छ ।

छायानाथ रारा नगरपालिका– १३ भट्टेचौर पुलमा रहेको होटेलमा सोमबार खसी काटेको र मासु लिन आउने ग्राहकमध्ये कसैले उक्त नोट दिएको रहेछ, मंगलबार होटेलमा आएका सबैले उक्त नोट नक्कली भएको भनेपछि आफूले बैंकलाई बुझाएको नोटधनी सुरथबहादुर रावतले बताए ।

नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराइएको बैंकले बताएको छ ।
 

ad
ad