Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २२ बिहीबार
  • Thursday, 06 August, 2020
तिवारी यादव वीरगन्ज
२०७७ जेठ २८ बुधबार ११:०२:००
मुख्य समाचार

अल्पाइन अस्पतालको एम्बुलेन्सबाट ५६ किलाे गाँजासहित तीनजना पक्राउ 

२०७७ जेठ २८ बुधबार ११:०२:००

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेकाे लकडाउनमा पनि पर्सामा तस्करी रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित गाँजा लुकाइछिपाइ तस्करी गरिरहेको अवस्थामा ५६ केजी गाँजासहित तीनजनालाई बुधबार बिहान पक्राउ गरेको छ।

पर्सा प्रहरीका अनुसार बाराको सिमरामा रहेको अल्पाइन अस्पतालको ना.६च ८५९९ नम्बरको एम्बुलेन्सबाट प्रतिबन्धित गाँजा तस्करी गरेको अवस्था पक्राउ गरेको जनाएको हो ।

लकडाउनको समयमा पर्सा प्रहरीले अहिलेसम्मको सबैभन्दा बढी प्रतिबन्धित गाँजा पक्राउ गरेको बुधबार सार्वजनिक गरेको छ । जिल्लाबाट विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले लागुऔषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा लालबन्दीनिवासी चालक जितबहादुर वाइवा, दिलबहादुर वाइवा तथा बहुदरामाई नगरपालिका भौराटारनिवासी हरिशंकर महतो रहेका छन्। गाँजासहित पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।