Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २७ शनिबार १९:२६:००
मुख्य समाचार

आइतबारबाट उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’, सवारी पास अनिवार्य

नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २७ शनिबार १९:२६:००

काठमाडौं उपत्यकाका सडकमा लकडाउनका वेला पनि सवारीको संख्या बढेपछि भीड नियन्त्रण गर्न ‘टाइम कार्ड’ निर्धारण भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवालाको छलफलले लकडाउन अवधिभर सवारी सञ्चालनमा कडाइ गर्न पास अनिवार्य गर्ने र ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो । 

आइतबारबाट पास भए पनि तोकिएको समयमा मात्र सवारी चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । आइतबारबाट खुल्ने सरकारी कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्किन पाउनेछन् ।

यस्तै, बैंक  तथा वित्तीय संस्थाका कर्मचारीले बिहान ९ बजेदेखि साढे १० बजेसम्म जान र साढे तीन बजेदेखि पाँच बजेभित्र फर्किन पाउनेछन् । 

त्यस्तै, सामान्यतः खाद्यान्न, तरकारी, इन्धनलगायतका अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने निर्णय भएको एसएसपी ढकालले जानकारी दिए । औषधि र खानेपानीका लागि भने टाइम कार्ड लागू हुनेछैन । 

निर्माण सामग्री बोक्ने वा अन्य सामग्री बोकेका ठूला टिपर र ट्रकहरू भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै उपत्यका प्रवेश गर्न पाउनेछन् । 

पास भए पनि विनाकाममा यताउता हिँडिरहने वा एउटा काममा पास लिएर फरक प्रयोजनमा प्रयोग भएको पाइएमा कारबाही हुने उनले बताए । सरकारले लकडाउनमा ठप्प भएका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विभिन्न ४४ प्रकारका उत्पादनमूलक उद्योगहरू खोल्ने निर्णय गरेपछि सडकमा भीडभाड कम गर्न सवारीसाधनलाई टाइम कार्ड लागू गरिएको उनले बताए ।