भोटेकोशी बाढीः खोज तथा उद्धारलाई अब खोज तथा पुनर्स्थापनाको चरणमा लैजाने निर्णय
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारबाट अब खोज तथा पुनस्र्थापनाको कार्य अगाडि बढाउने निर्णय भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औं बैठकले अत्यावश्यक स्थानहरुको खोजी कार्यलाई जारी राख्दै अब पुनस्र्थापना कामलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न बैठकले खोज उद्धारमा खटिएका टोली र जिल्ला सुरक्षा समिति समेतको सिफारिसलाई ध्यानमा राखी यस्तो निर्णय गरेको हो। सुरक्षा निकायहरुले अब प्रभावित क्षेत्रबाट कसैलाई जिवितै उद्धार गर्ने सम्भावना ९९।९९ प्रतिशत नभएको भनेर ब्रिफिङ गरेका छन् । बाढीमा अझै साढे पाँच हजार बेपत्ता छन् ।
१७ सहसचिवको सरुवा, को कहाँ ?
सरकारले रात्रपत्रांकित प्रथम श्रेणीका १७ सहसचिवको सरुवा गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।
अर्थ मन्त्रालयअन्तर्गत रहेका रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका तथा सामान्य प्रशासनमा रहेका डा। पुष्पराज शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ।
भारतबाट ठूलो दरले पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि आसन्न दशैं, तिहारमा मूल्य नियन्त्रण गर्न सरकारको निर्देशनमा आयल निगमले पेट्रोलियम पदार्थको मुल्य यथावत राखेको छ । मूल्य यथावत राख्दा निगमलाई आगामी १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण छ ।
आयल निगमले बुधबार साँझ जारी गरेको विज्ञप्तीअनुसार इण्डियन आयल कर्पोरेसनले दिउँसो पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल २०।४४ रुपैयाँ, डिजेल २०।२१ रुपैयाँ, मट्टितेल १५।९६ रुपैयाँ र हवाइ इन्धन १८।६६ रुपैयाँ प्रतिलिटर बढेर आएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास ८१।३२ रुपैयाँ प्रति सिलिण्डर बढेर आएको छ ।
मनाङ हिमपहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो, नौजना अझै बेपत्ता
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। हिमपहिरोमा परी बेपत्ता भएका तीनजनाको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या सात पुगेको हो। हिमपहिरोमा परेकामध्ये यसअघि आइतबार दुईजनाको र सोमबार थप दुईजनाको शव फेला परेको थियो।
हिम्लुङ हिमालको पाँच हजार दुई सय मिटर उचाइमा रहेको आधार शिविरआसपासको क्षेत्रमा हिउँले पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको हो। बिहीबार रुकुमको हुकाम– ७ का ५७ वर्षीय कलम बुढा, खोटाङको ऐंसेलुखर्क– ९ का २१ वर्षीय सुरज राई र गोरखाको केरौँजा– १ का ५८ वर्षीय आस गुरुङको शव फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
नक्कली बिल बनाएर भ्रष्टाचार: ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित आठविरुद्ध मुद्दा
नक्कली बिल बनाएर विद्युत् विस्तारका लागि विनियोजित ९ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन प्रमुखसहित आठजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ।
आर्थिक वर्ष ०७७र७८ मा हुम्लाको अदानचुली गाउँपालिका कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका– ३, भिईसम्म बत्ती विस्तारको काम गर्दा नौ लाख २६ हजार २३२ रुपैयाँ भुक्तानी गरेर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो।
भोटेकोशी बाढीमा बेपत्ता प्रहरीका सन्ततिलाई स्नातकोत्तरसम्म नि:शुल्क पढाउने प्रहरीको निर्णय
गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको छ ।
सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए।
देउवा पक्षले बुझायो निर्वाचन आयोगमा महाधिवेशनको कार्यतालिका
शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगलाई महाधिवेशनको कार्यतालिका बुझाएको छ। मंगलबार आयोगमा कार्यतालिका बुझाइएको हो।
शेरबहादुर देउवाले आफुलाई नेपाली कांग्रेसको सभापति नै दाबी गरेर हस्ताक्षरसहित पत्र बुझाएका हुन्, जसलाई निर्वाचन आयोगले दर्ता गरेको छ । सो पत्रमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले तोक लगाएका छन्।
दोलखा कांग्रेसमा लफडा, प्रत्यासीहरूलाई थाहै नदिई सर्वसम्मत घोषणा
महाधिवेशन प्रतिनिधि एकतर्फी रूपमा घोषणा गरिएको भन्दै दोलखा कांग्रेसमा विवाद भएको छ। लोकतान्त्रिक प्रक्रिया अपनाउनुपर्नेमा उम्मेदवारहरूलाई थाहै नदिई सर्वसम्मत घोषणा गरिएको भन्दै महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरूले आपत्ति जनाएका छन्।
खुला महाधिवेशन प्रतिनिधिका प्रत्यासी नेविसंघका पूर्वकेन्द्रीय सदस्य विनोद कार्कीसहित सुदर्शन कार्की, राकेश सिवाकोटी र गोपाल तिमल्सिना, खुला तथा युवातर्फका उम्मेदवार नेविसंघ जिल्ला अध्यक्ष सौगात थापाले आपत्ति जनाएका हुन्। उनीहरूले निर्वाचनको तयारी गर्दैगर्दा थाहै नदिई सर्वसम्मत भनी नामावली सार्वजनिक गरिएको दाबी गरेका छन्।
कांग्रेस मोरङ– ६ को क्षेत्रीय अधिवेशनमा सांघातिक आक्रमणमा तीनजना घाइते
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को जारी क्षेत्रीय अधिवेशनका क्रममा सांघातिक आक्रमण भएको छ। सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हो । घटनामा पूर्वसांसद चुमनारायण तबदार, जेन–जी समुन्द्र पोखरेल र कांग्रेस नेता चेतराज रेग्मी घाइते भएका छन् ।
अधिवेशनमा मनोनयन दर्ता गराउने विषयमा विवाद भएपछि आक्रमण भएको हो। मनोनयन दर्ताका क्रममा विवाद बढेपछि दुई पक्षबीच भनाभन हुँदै आक्रमणमा परिणत भएको बताइएको छ।
कानुन समूहका ११ सहसचिव र ४३ उपसचिवको सरुवा
न्याय सेवा कानुन समूहका ११ सहसचिव र ४३ उपसचिवको सरुवा भएको छ। न्याय सेवा आयोगको बैठकले सरुवाको निर्णय गरेको हो।
एक वर्ष अवधि पुगेका कर्मचारीको जिम्मेवारी हेरफेर भएको हो।