राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने भएको छ। बैठकमा सहभागी हुन सबै केन्द्रीय समिति सदस्यलाई अनुरोध गरिएको छ। बैठककाे एजेन्डाबारे भने रास्वपाले जानकारी दिएको छैन।
बैठक १७ गते काठमाडौंको वनस्थली चमतीस्थित घन्टीघरमा दिउँसो ३ बजे बस्ने पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।