मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका विराटनगर
२o८३ असोज ४ आइतबार १६:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किन पक्राउ परे विश्लेषक भरत दाहाल ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार १६:२४:oo

राजनीतिक विश्लेषक एवं त्रिमूल पार्टीका अध्यक्ष भरत दाहाल आइतबार बिहानै पक्राउ परे। दाङको तुलसीपुर उपमहानगरपालिका– ८ घर भई हाल काठमाडौं बस्दै आएका दाहाल मोरङको सुन्दरहरैँचा नगरपालिका– ८  स्थित सलकपुरबाट पक्राउ परेका हुन्।

बिहान पसलमा चिया खाँदै गरेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले नियन्त्रणमा लिएको थियो। दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारकारको कडा आलोचना गर्दै आएका छन्।

प्रहरीले नियन्त्रणमा लिएपछि उनले आफू सलकपुरमा रहेका बिरामी साथीलाई भेट्न आएको प्रतिक्रिया दिएका थिए।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरो काठमाडौंमा परेको जाहेरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो। उनलाई मोबाइल लोकेसन ट्रयाक गरेर आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दाहालाई आइतबार नै काठमाडौं पठाएको मोरङ प्रहरीले जनाएको छ।