नेप्से दोहोरो अंकले घटेर २६ सय विन्दुमा

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

बुधबार ३० अंकले घटेको नेप्से परिसूचकमा बिहीबार पनि दोहोरो अंकको गिरावट आएको छ। नेप्से १९.६७ अंकले घटेर दुई हजार ६०१.९२ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४९ अंकले घटेको छ।

आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ६१ करोड १९ लाख ५४ हजारबराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सामान्य गिरावट देखिएको हो। बुधबार चार अर्ब ८२ करोडको सेयर किनबेच भएको थियो।

बिहीबार सेयर बजारका १३ वटै समूहको सूचक ओरालो लागेका छन्। व्यापार समूह २.३६ प्रतिशतले घट्दा म्युचल फन्ड, उत्पादन तथा प्रशोधन र विकास बैंक १.११ प्रतिशतले घटेका छन्।

उपकार लघुवित्त र स्नो रिभर्सका लगानीकर्ताले क्रमशः १२ र ११ प्रतिशतभन्दा धेरैले कमाउँदा कुमारी सबल योजना ३.८७ प्रतिशतले वृद्धि भएको छ। बिओके डिबेन्चर र सालपा विकास बैंक आठ प्रतिशतभन्दा धेरैले घटेका छन्।
 

सुझावित समाचार