मंगलबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा एक हजार चार सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन चार हजार पाँच सय रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन दुई लाख ७७ हजार नाै सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी चार हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ताेलामा १५ रूपैयाँले घटेर चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।