आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा चार हजार सात सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चार हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ
गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजारएक सय रुपैयाँ र चाँदी चार हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।