जाजरकोटको भेरी नगरपालिकाको कार्यपालिका बैठकको निर्णय पुस्तिका गायब भएपछि नगरपालिकाले खोजी तथा आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग अनुरोध गरेको छ।
भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार असार ९ गते बसेको कार्यपालिका बैठकका क्रममा उपस्थिति दर्ता गरिसकेपछि निर्णय पुस्तिका हराएको हो।
पत्रअनुसार वडा नं २ का वडाध्यक्ष भीमबहादुर कार्कीले उक्त निर्णय पुस्तिका लिएर उपप्रमुखको कार्यक्रममा पुगेको सिसिटिभी फुटेजमा देखिएको छ। तर, नगर उपप्रमुखको सचिवालयमा सम्पर्क गर्दा निर्णय पुस्तिकाबारे कुनै जानकारी नभएको मौखिक जवाफ आएको छ।
