गगनलाई रविको कटाक्ष– २० वर्ष सांसद भएपछि बाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

‘ठेकेदारलाई डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँधेर काम गराउने भनेको हो’

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण
गगनलाई रविको कटाक्ष– २० वर्ष सांसद भएपछि बाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

तस्बिर : रवि लामिछानेको सचिवालय

रास्वपाका सभापति रवि लामिछानेले २० वर्ष सांसद र मन्त्री भएपछि सडक बनाउन कानुन फेर्नुपर्ने ज्ञान पाएको भन्दै कांग्रेस सभापति गगन थापालाई कटाक्ष गरेका छन्।

मंगलबार इटहरीमा आयोजित पार्टीको चुनावी सभामा थापाको नाम उल्लेख नगरी लामिछानेले भने, ‘२० वर्षसम्म सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईंहरूलाई ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला।’

रास्वपाका वरिष्ठ नेता बालेन शाहले ठेकेदारलाई रुखमा बाँधेरै भए पनि सडक बनाउने अभिव्यक्ति दिएपछि थापाले कम्तीमा ४१ वटा कानुनमा सुधार नगरी ठेकेदारले सहज रूपमा काम गर्न नसक्ने बताएका थिए।

थापाको टिप्पणीमा प्रतिक्रिया जनाउँदै लामिछानेले यस्तो बताएका हुन्। उनले ठेकेदारहरूलाई समेत विज्ञप्ति बाजीमा नलागी काममा ध्यान दिन सुझाव दिएका छन्।

‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, मान्छेलाई डोरीले बाँध्ने भनेको होइन। कानुनले बाँधेर काम गराउने भनेको हो,’ लामिछानेले भने। 
 

सुझावित समाचार