राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद गर्दा सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियारले प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित २० विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सिटिस्क्यान मेसिन खरिदका क्रममा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रा.डा. भण्डारीसहित कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमितकुमार चौधरी र लेक्चरर डा. श्रीसिया पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ।
यसैगरी, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आइटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह, हिमालयन मेडिटेक प्रालि तथा उक्त कम्पनीका प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ।
यसअघि एमआरआई मेसिन खरिद गर्दा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गत असोजमा भण्डारीसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आरोपपत्रको पूर्णपाठ हेर्नुस् :