मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४o:oo

सन् १८९३ : न्युजिल्यान्ड महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो देश बन्यो । 

सन् १३५६ : ‘सय वर्ष युद्ध’का क्रममा भएको ‘पाटिए युद्ध’मा अंग्रेज फौजले फ्रान्सलाई हराउँदै फ्रान्सेली राजा जोन द्वितीयलाई कब्जामा लिए । 

सन् १७८३ : विश्वमा पहिलोपटक मानव निर्मित वाहनमा जीवजन्तु उडे । फ्रान्समा मोन्टगोल्फियर दाजुभाइले बनाएको हट–एअर बेलुनमा भेडा, हाँस र कुखुराको भाले उडाइएको थियो । 

सन् १७९६ : अमेरिकी राष्ट्रपतिका रूपमा जर्ज वासिंटनको विदाइ सम्बोधन ‘अमेरिकन डेली एड्भाइजर’मा प्रकाशित भयो । सम्बोधन भाषणभन्दा पनि खुलापत्रका रूपमा थियो, जसमा वासिंटनले तेस्रो कार्यकाल राष्ट्रपति बन्न नचाहनुको कारण बताएका छन् ।

सन् १८७० : फ्रान्को–प्रुसियन युद्धका क्रममा प्रुसियाले यसै दिनदेखि पेरिसमाथि नाकाबन्दी सुरु गर्‍यो । लामो समय टिकेर अन्तत: जनवरी २८ मा पेरिसले आत्मसमर्पण गरेको थियो । 

सन् १८८८ : बेल्जियमको स्पा भन्ने ठाउँमा विश्वको पहिलो सौन्दर्य प्रतियोगिता आयोजना भयो । ‘कोनकोर्स डे ब्युटी’नामक प्रतियोगितामा १८ वर्षीया बर्था सोकारेट ग्रहको सबैभन्दा सुन्दर युवती घोषित भएकी थिइन् ।

सन् १८९६ : बम्बईमा प्लेग महामारीको घोषणा, जसमा दसौँ हजारको ज्यान गयो । 

सन् १९५२ : बेलायतको यात्रामा गएका चार्ली च्याप्लिनलाई कम्युनिस्टनजिक भएको आरोपमा अमेरिका फर्किन प्रतिबन्ध लगाइयो ।

सन् १९९१ : इटलीको आल्प क्षेत्रमा घुमिरहेका जर्मन हाइकरले युरोपको सबैभन्दा पुरानो (पाँच हजार वर्ष पुरानो) प्राकृतिक मानव मम्मी (अवशेष) ‘आट्जी, द आइसम्यान’ भेटे ।

सन् २००६ : थाइल्यान्डको सेनाले कुमार्फत थाक्सिन सिनावात्राको सरकार अपदस्थ गर्‍यो ।