Skip This
अख्तियारमा १५ गाडी र ७४ मोटरसाइकल तोडफोड र आगजनी, भवन पनि क्षतिग्रस्त
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अख्तियारमा १५ गाडी र ७४ मोटरसाइकल तोडफोड र आगजनी, भवन पनि क्षतिग्रस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

जेन-जी आन्दोलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ठुलो क्षति भएको छ। आयोगको केन्द्रीय कार्यालय टंगालमा आन्दोलनकारीहरू प्रवेश गरेर क्षति गरेका हुन्।

अख्तियार स्रोतका अनुसार आन्दोलनकारीहरूले कार्यालयका १५ गाडी, ७४ मोटरसाइकल र २ वटा बसमा आगजनी र तोडफोड गरेका छन्।

आयोगभित्रै छिरेर आन्दोलनकारीहरूले मुद्दाका फाइलसमेत आगो लगाउने र च्यातचुत पारेका छन्। मुद्दा फाँटहरूमा पुगेर उनीहरूले कम्प्युटरका हार्डडिस्कसमेत निकालेर लगेका छन्। केही महाशाखाहरूमा ठुलो क्षति गरेका छन्।

‘कोठा-कोठामा पुगेर आन्दोलनकारीहरूले तोडफोड गरेका छन्,’ अख्तियारका एक अधिकारीले भने। आन्दोलनकारीहरूले अख्तियारको भवनमा समेत आगजनी र तोडफोड गरेका छन्। ‘कार्यालयमा गएर काम गर्ने अवस्था नै छैन,’ एक कर्मचारीले भने।

आन्दोलनकारीहरूले अख्तियारका शाखा कार्यालयमा समेत क्षति गरेका छन्। अख्तियारको पोखरास्थित कार्यालयलाई ध्वस्तै पारेका छन्। हेटौँडा कार्यालय र इटहरी कार्यालय पनि तहसनहस पारेका छन्।