Skip This
तोडफोड, आगजनी र डकैती गर्नेको सिसिटिभी फुटेजसहित एनसेलले प्रहरीमा दियो उजुरी 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तोडफोड, आगजनी र डकैती गर्नेको सिसिटिभी फुटेजसहित एनसेलले प्रहरीमा दियो उजुरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५४:oo

एनसेलले लैनचौरस्थित आफ्नो मुख्य कार्यालयमा तोडफोड, आगजनी र डकैती गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको छ । २४ भदौमा भएको जेन–जी प्रदर्शन र आन्दोलनका विभिन्न समूहले कार्यालयमा तोडफोड, आगजनी र डकैती गरेका थिए । यस घटनाले कम्पनीको सम्पत्तिमा ठुलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गराएको हो । 

प्रहरीमा दिएको उजुरीमा उक्त घटनामा संलग्न अपराधीलाई पक्राउ गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजाय दिनुपर्ने उल्लेख छ । उनीहरूबाट लगिएको सामान फिर्ता दिलाउनुका साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्तिसमेत भराउन भनिएको छ । आन्दोलनका नाममा अपराधीले सुरक्षा गार्डलाई एकै ठाउँमा राखेर जलाउने धम्की दिँदै  कोठामा थुनेको, मुख्य भवनमा तोडफोड तथा आगजनी तथा भवनको अगाडि भागको सिसासमेत फुटाएको, कार्यालयभित्र प्रवेश गरी कम्पनीका विद्युतीय सामान, विभिन्न प्रकारका उपकरण, कार्यालयका महत्वपूर्ण कागजात, नगद र कम्पनीका सेफसमेत लुटेर लगेको र यसले ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।  

प्रहरीमा दिइएको उजुरीअनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाका क्रममा कैद भएका सम्पूर्ण सिसिटिभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ । तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पत्तिमा भएको वास्तविक क्षति यकिन गर्न मूल्यांकनको काम भइरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि जानकारी सो उजुरीमा खुलाएको छ ।