मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format o९:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेशमा नयाँ सरकार गठनको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o९:oo:oo

मुख्यमन्त्री सतिशकुमार सिंहले २४ भदौमै सामाजिक सञ्जालमार्फत राजीनामा दिएका थिए । सिंहको कदमको आलोचना भइरहेका वेला जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेशकुमार यादवले शनिबार साँझ प्रदेश प्रमुख कार्यालयको मेलमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको तथा मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको भनेर पत्राचार गरेका छन् ।

‘शनिबार साँझ जनमतका संसदीय दलका नेता महेश यादवले सरकारलाई दिएको समर्थन फिर्ता तथा मन्त्रीहरूलाई फिर्ता बोलाइएको पत्र सचिवालयमा पठाउनुभएको छ । प्रदेश प्रमुखज्यू सोमबार काठमाडौंबाट आउनुहुन्छ । त्यसपछि नयाँ सरकार गठनको विषयमा प्रक्रिया अगाडि बढ्छ,’ प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले भने । जेन–जी आन्दोलनकारीले प्रदेश प्रमुखको कार्यालयमा समेत आगजनी गरेका छन् । आगजनीमा कार्यालयका भौतिक संरचना तथा केही कागजातसमेत जलेर नष्ट भएको उनको बताए । प्रदेश प्रमुख निवासमा सेनाको सुरक्षा रहेकाले जोगिएको उनले बताए ।

प्रदेश सभामुख रामचन्द्र मण्डल काठमाडौं छन् । मुख्यमन्त्री सिंहले राजीनामा दिइसकेपछि प्रदेश प्रमुखबाट अब नयाँ सरकार गठनका लागि आह्वान हुने उनले बताए । त्यसपछि संविधानको धारा १६८ को उपधारा २ (१) बजोजिम प्रदेश सभमा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने उनको भनाइ छ ।

 ‘प्रदेश सभाको पनि भौतिक संरचना पूर्ण रूपमा जलेको छ । तैपनि नयाँ सरकार गठन गर्नुपर्ने भएकाले प्रदेश सभापरिसरमै सभा चलाउने गरी व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ सभामुख मण्डलले भने ।

 रामचन्द्र मण्डल, सभामुख, मधेश प्रदेश
शनिबार साँझ जनमतका संसदीय दलका नेता महेश यादवले सरकारलाई दिएको समर्थन फिर्ता तथा मन्त्रीहरूलाई फिर्ता बोलाइएको पत्र सचिवालयमा पठाउनुभएको छ । प्रदेश प्रमुखज्यू सोमबार काठमाडौंबाट आउनुहुन्छ । त्यसपछि नयाँ सरकार गठनको विषयमा प्रक्रिया अगाडि बढ्छ ।