मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
२o८२ भदौ २९ आइतबार o८:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० क्रिकेटमा तेस्रोपटक तीन सय रन पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार o८:३३:oo

विकेटकिपर ब्याट्सम्यान फिल साल्ट इंग्ल्यान्डका लागि टी–२० आई क्रिकेटमा कम बलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध भएको दोस्रो टी–२० आईमा ३९ बलमा शतक बनाउने कीर्तिमान बनाएका हुन् । उनले दक्षिण अफ्रिलकाविरुद्ध एक सय ४१ रन बनाए । यो इंग्ल्यान्डको लागि व्यक्तिगत ठुलो स्कोर हो । 

म्यानचेस्टरको ओल्ड ट्राफोर्ड मैदानमा इंग्ल्यान्डले २० ओभरमा ३०४ रन बनाएको थियो । यो स्कोर इंग्ल्यान्डको अहिलेसम्मकै टी–२० आईकै सर्वाधिक योगफल हो । अन्तर्राष्ट्रिय क्रिकेटकै तेस्रो ठुलो स्कोर हो । ३०५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.१ ओभरमा मात्र १५८ रन बनाउँदा अलआउट भएको थियो । यो खेलमा इंग्ल्यान्ड १४६ रनले विजयी भयो । 

बटलरले पनि बनाए कम बलमा अर्धशतक
जोस बटलरले इंग्ल्यान्डका लागि कम बलमा अर्धशतक बनाउने रेकर्ड राखेका छन् । उनले मात्र १८ बलमा अर्धशतक बनाएका थिए । बटलरले ३० बलमा आठ चौका र सात छक्कासहित ८३ रनको योगदान दिए । साल्टले अविजित एक सय ४१ रन बनाएका हुन् । बटलर र साल्टले ४७ बलमा सर्र्वाधिक १२६ रनको साझेदारी गरेका थिए । कप्तान ह्यारी ब्रुकले ४१ तथा ज्याकोब बेथेलले २६ रन बनाएका हुन् । 

दक्षिण अफ्रिकाको ब्याटिङमा कप्तान ऐडन मारक्रमले २० बलमा सर्वाधिक ४१ रन बनाएका थिए । इंग्ल्यान्डकै जोफ्रा अर्चरले सर्वाधिक तीन विकेट लिए । साम करन र लिआम डाब्सन तथा विल ज्याक्सले समान दुई विकेट लिए ।