मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता जेनजी आन्दोलनका कारण रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना हुन लागेको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता जेनजी आन्दोलनका कारण रद्द भएको छ । 

देशमा उत्पन्न सिर्जिएको आन्दोलनका कारण परिस्थितिलाई मध्य नजर गर्दै प्रतियोगीता रद्द गरिएको हो । सिदिङ्वा गाउँपालिका १, कालीखोलामा स्थित तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका विभिन्न जिल्ला तथा भारतको सिक्किमबाट करिब ५० जना धावकले नाम दर्ता गराएका थिए । ५० जना मध्ये ३० जना धावक कार्यक्रमस्थल पुगिसकेका थिए । 

रन प्रतियोगिताका आयोजनाका संयोजक अमिर राईले आन्दोलन हिंसात्मक बन्दै गएकाले मानवीय क्षति र असहज परिस्थिति सिर्जना भई प्रतियोगिता रद्द गर्नु परेको बताए ।

प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीय विजेतालाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद सहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको राईले जाकारीदिए । ताप्लेजुङ–पाँचथरको सिमानामा अवस्थित चार हजार ३८० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी पूर्वी नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकसित हुदै गएको छ ।