मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
२o८२ भदौ २८ शनिबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार

बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार १६:४९:oo

बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका –११, डल्लागाउँका ४२ वर्षीय राजु यादवको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो।

घरमा ग्रिलको काम गरिरहेका यादवलाई दिउँसो करिब ३ बजेको समयमा करेन्ट लागेको थियो। करेन्ट लागेपछि यादवलाई उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो। उपचारका लागि ल्याइएका यादवको अस्पताल पुग्नुभन्दा पहिला नै मृत्यु भइसकेको अस्पतालका मेडिकल अधिकृत डाक्टर भरत भण्डारीले  जानकारी दिए। 

 मृतकको  पोस्टमार्टम शुक्रबार भएको अस्पतालका मेडिकल रेकर्डर  केशव न्यौपानेले बताए ।