मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
Invalid date format ११:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ताजकिस्तानमा नेपाली युवा टोलीलाई सास्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५५:oo
  • दुबई विमानस्थलमा नेपाल फर्कने यात्रीको चाप अत्यधिक रहेकाले ‘फ्लाई दुबई’ एयरलाइन्सले हवाई उडान ‘रि–सेड्युल’ गर्दा नेपाली यू–२० टोली बुधबार रातभर ताजकिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता खेल्न ताजकिस्तान पुगेको नेपाली टोली शुक्रबार मात्र स्वदेश फर्कने भएको छ । ताजकिस्तानमा अन्तर्राष्ट्रिय हवाई उडानको समस्यापछि नेपाली टोलीको स्वदेश फर्कने तालिका निर्धारित समयभन्दा एक दिन पछाडि सरेको छ । 

नियमित हवाई तालिकाअनुसार टोली बिहीबार काठमाडौं आइपुग्नुपर्ने थियो । नेपाली टोली बुधबार राति नै दुबई ट्रान्जिट हुँदै काठमाडौं फर्कने तालिका थियो । तर, सोमबार र मंगलबारको जेन–जी प्रदर्शनपछि उत्पन्न परस्थितिका कारण त्रिभुवन विमानस्थलका सबै हवाई उडान बन्द भए । बुधबार अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले दिउँसो ३:३० बजेदेखि हवाई उडान पुन: सञ्चालन गरेको थियो । 

दुबई विमानस्थलमा नेपाल फर्कने यात्रीको चाप अत्यधिक रहेकाले ‘फ्लाई दुबई’ एयरलाइन्सले हवाई उडान ‘रि–सेड्युल’ गरेको थियो । जसका कारण टोलीले सास्ती भोगेको हो । बुधबार उडान स्थगित गरेसँगै टोली रातभर विमानस्थलमा बस्न बाध्य भयो । ताजकिस्तानको राजधानी दुसान्बेका कुनै पनि होटेल खाली नभएका कारण यो परिस्थिति सिर्जना भएको नेपाली टोलीसँगै समाचार संकलन गर्न पुगेका खेलपत्रकार आभाष घिमिरेले जनाएका छन् । 

उनका अनुसार अहिले टोली अभ्यास मैदान एफसी इस्टिकोलनजिकै रहेको होटेलमा छन् । हवाई उडानको नयाँ समय बिहीबार बिहान ४ बजे छ । ‘रातभर विमानस्थलमै बस्यौँ । धेरै प्रयासपछि दुसान्बे सहरनजिक एउटा होटेलमा बसेका छौँ,’ घिमिरेले भनेका छन्, ‘यहाँ धेरैजसो होटेल भरिएका छन् ।’ 

जितविहीन हुँदै फर्किएको नेपाल 
नवीन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टोलीले छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेन । प्रतियोगितामा सहभागी हुनुअघि प्रशिक्षक न्यौपानेले छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका थिए । तर, ताजकिस्तानमा नेपालले तीनवटै खेलमा नराम्रो हारको सामना गर्‍यो । नेपाल समूह ‘के’मा जितविहीन हुँदै फर्किएको हो । नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो । त्यसपछि दोस्रो खेलमा नेपालले अग्रता रक्षा गर्न नसक्दा सिरियासँग ४–२ ले पराजित भयो । अन्तिम खेलमा फिलिपिन्सले नेपाललाई ४–० ले हराएको थियो ।