मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेन–जी आन्दोलनमा मृत्यु भएका श्रीयमको शव पर्खँदै परिवार 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

जेन–जीको आन्दोलनमा सहभागी हुँदा काठमाडौंमा गोली लागेर मृत्यु भएका सुनसरी इटहरीका १८ वर्षीय श्रीयम चौलागाईंको शव परिवारले दाहसंस्कारका लागि अझै प्रतीक्षा गरिरहेको छ।  एसइई परीक्षा उत्तीर्ण भएपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं पुगेका १८ वर्षीय विद्यार्थी श्रीयमको २३ भदौमा गोली लागेर मृत्यु भएको थियो । तर, उनको मृत्यु भएको पाँच दिन लागिसक्दासमेत परिवारले दाहसंस्कार गर्न नपाएकोले  अझै शवको प्रतीक्षा गरिरहेका हुन् । 

गत सोमबार बिहान कलेजबाट फर्किँदै गरेकी आफ्नी बहिनीलाई ‘म एकछिनपछि घर आउँछु’ भनेर जेन–जीको प्रदर्शनमा सहभागी हुन पुगेका श्रीयमको काठमाडौंको बानेश्वरमा गोली लागेर मृत्यु भएको थियो । मोरङ बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्गमा रहेका श्रीयामका मामा केशव कार्कीका अनुसार सुनसरीको इटहरी बस्दै आएका श्रीयम काठमाडाैंको  ग्लोबल कलेजमा अध्ययन गर्दै थिए । उनी बहिनीसँगै काँडाघारीमा रहेको मामाघरमा बस्दै आएका थिए । 

विद्यार्थी जीवनमा राजनीतिमा खासै रुचि नराख्ने उनलाई  जेन–जीको सुशासनमुखी प्रदर्शनले आकर्षित गरेको थियो । यसैले उनी बहिनीलाई २३ भदौ बिहान म एकैछिनमा आइहाल्छु भनेर डेराबाट माइतीघरमा भएको प्रदर्शनमा सहभागी हुन पुगेका थिए। श्रीयमको शव भद्रकालीस्थित सुरक्षा निकायको नियन्त्रणमा  छ।  परिवारले दाहसंस्कारका लागि शव दिन सुरक्षा निकायसँग हारगुहार गरिरहेका छन्।

श्रीयमका बुबा गणेश चौलागाईंले सामाजिक सञ्जालमार्फत जेन–जीको आन्दोलनमा मृत्यु भएकाहरूको शव परिवारलाई चाँडो हस्तान्तरण गरेर सहिद घोषणा गर्न माग गरेका छन् । बाबु गणेशले भनेका छन्, ‘आन्दोलनमा मृत्यु भएका सबै जेन–जीहरूलाई सहिद घोषणा गरेर शव परिवारलाई जिम्मा लगाउने कार्य थालियोस्,  हामीले हाम्रा छोराको लास अझै पाएका छैनौँ । कमसेकम लास दिनुहोस् । त्यो नै हाम्रा लागि ठुलो सहयोग हुनेछ।’