
जेन–जीको आन्दोलनपछि देश यतिवेला संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । देशको शान्तिसुरक्षा नेपाली सेनाले जिम्मा लिएको छ । देश अन्योलको बिचमा गुज्रिरहेको स्थिति छ । फेरि पनि अराजकता नमिम्तियोस् भनेर सेनाले काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु लगाएको छ । अत्यावश्यक कामबाहेकका मानिसलाई घरबाहिर ननिस्कन सेनाले आग्रह गरेको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । माइतीघर मण्डलामा नयाँ पत्रिकाको क्यामेराले जे देख्यो :