मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ २४ मंगलबार ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस कञ्चनपुरका नेता–कार्यकर्ताले धमाधम पार्टी त्याग्दै 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार ११:२८:oo

भ्रष्टाचार, बेबी नेपो र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको जेन–जी प्रदर्शनमा सरकारले १९ निहत्था नौजवानको नरसंहार गरेको विरोधमा कांग्रेस कञ्चनपुरका नेता–कार्यकर्ताले धमाधम पार्टी परित्याग गरेका छन् ।

सोमबार राजधानी काठमाडौँसहितका स्थानमा जेन–जी प्रदर्शनमा सरकारले कलिला बालकदेखि युवाको हत्या गरेको भन्दै कांग्रेस कञ्चनपुरका नेता–कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

कांग्रेस बेदकोट नगरका सदस्य रदिप पाल (आरक्षपीडित)ले आफ्नै पार्टी सरकारमा सहभागी भएका वेला कलिला बालबालिकामाथि भएको नरसंहारको भागीदार कांग्रेस पनि हुने भएकाले आफूले यस्तो पार्टीमा बस्नुभन्दा स्वतन्त्र भएर बस्न वेश हुने ठानेर पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पालसँगै रमेश ठगुन्ना, इन्द्र विष्ट, विवेक साउदसहित युवा नेता–कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् ।

कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहले हरेक आन्दोलनमा अहिलेसम्म नभएको घटना घटेको बताए । ‘कांग्रेसकै तर्फबाट गृहमन्त्री रमेश लेखक भएकाले पनि यस्तो अवस्था देखेर केही नेता–कार्यकर्ताहरूले पार्टी परित्याग गरेको हुन सक्छ,’ उनले भने, ‘पार्टी परित्यागले समस्याको समाधान हुने होइन, पार्टीभित्रका समस्या पार्टीभित्रै राखौँ ।’