मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ २४ मंगलबार १o:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले गरेकाे नहसंहारविरुद्ध कञ्चनपुरमा चर्कियो आन्दोलन

कांग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी, अख्तियार र भीमदत्त नगरपालिका सहितका सरकारी कार्यालयका गेट तोडफोड 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १o:४९:oo

जेन–जीको आन्दोलनमा सरकारले नरसंहार गरेको विरोधका कञ्चनपुरमा आन्दोलन चर्किएको छ । बिहानैदेखि यातायात, उद्योगी, व्यवसायी, विद्यार्थी युवाहरूले आन्दोलन चर्काएका छन् । स्वस्फूर्त उठेका आन्दोलनकारीहरूले सरकारले विद्यार्थी, बालबालिका मार्न नपाइने भन्दै आगजनी र तोडफोड गरेका छन् । 

आन्दोलनकारीले सत्ताधारी कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड, फर्निचर सामग्री तोडफोडसहित आगजनी गरेका छन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मात्रै केही नहुने र उनलाई कानुनी कारबाहीको माग अघि सारेर पार्टी कार्यालयमा आगजनी गरेका हुन् । 

भीमदत्त नगरपालिकाको मूल गेटमा तोडफोड र आगजनी भएको छ । भ्रष्टाचार रोक्न नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको मूल गेटमा समेत तोडफोड गरिएको छ ।

आन्दोलनका कारण कञ्चनपुरका शिक्षण संस्था, उद्योग, व्यवसाय, यातायात क्षेत्र पूर्ण रूपमा प्रभावित भएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाको सक्दो शान्तिसुरक्षाकाे प्रबन्ध मिलाएको बताएका छन् ।