मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २४ मंगलबार o९:५३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o९:५३:oo

‘जेन–जी ’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा सिडिओले दिएको गोली हान्ने आदेशमाथि तपाईंको टिप्पणी के छ ?  
सुरक्षा व्यवस्थापनमा ‘ब्रेन एन्ड बेटन’ भन्ने सिद्धान्त हुन्छ । ब्रेनले रणनीति बनाउने हो । बेटनले फिल्डमा सो रणनीति कार्यान्वयन गर्ने हो । सोमबारको प्रदर्शनमा ब्रेनमै समस्या देखियो । जेन–जी हरूको ‘फ्रस्टेसन’लाई रणनीति बनाउनेहरूले बुझ्नै सकेनन् । न सुरक्षा संयन्त्रले उपयुक्त सूचना नै संकलन गर्न सक्यो । त्यसो हुँदा वस्तुपरक रणनीति नै बनेन । जब प्रदर्शन भड्कियो, अनि गोली हान्न आदेश भयो । यो सिडिओको केटाकेटी निर्णय हो ।

प्रदर्शनअघि सूचना संकलनमा चुक्दा यति ठुलो क्षति निम्तिएको हो भन्ने छ नि ? 
सुरक्षा रणनीति तयार गर्नुमा सूचनाको महत्वपूर्ण भूमिका हुन्छ । प्राप्त सूचनालाई विश्लेषण गरेर सोहीअनुसार सुरक्षाका लागि आवश्यक रणनीति तयार गर्नुपर्ने हुन्छ । तर, यसपटकको प्रदर्शनमा त्यस्ता सूचना संकलन भएको र त्यसअनुसार रणनीति बनाएको देखिएन ।

यसरी सडकमा एकाएक जेन–जी पुस्ताका युवा उत्रिनुको कारण के देख्नुहुन्छ ?
यसमा बुझ्नुपर्ने पक्ष के हो भने सुरुमा मान्छेलाई ‘इंगेजमेन्ट’ चाहिन्छ । अर्को, मनका तिक्तता पोख्न ‘भेन्टिलेसन’ चाहिन्छ । हामीसँग यी दुवै भएनन् । जेन–जी  पुस्ताका युवाहरू भित्रभित्रै आक्रोशित भइरहेका थिए । सोमबार सडकमा प्रकट भएको त्यही हो । यसलाई सरकार र मातहतका सुरक्षा संयन्त्रको नेतृत्वमा बस्नेहरूले सही विश्लेषण गर्न चुक्दा ठुलो मानवीय क्षति निम्तियो । जसले आन्दोलनको आह्वान गरेका थिए, सायद उनीहरूले पनि यो आक्रोश यसरी पोखिन सक्छ भन्ने आकलन गर्न सकेनन् । युवाको यो फ्रस्टेसनलाई समयमै सही विश्लेषण गरिनुपथ्र्यो । यसमा सरकार नराम्ररी चुक्यो । सोही कारण यति ठुलो अकल्पनीय मानवीय क्षति निम्तियो ।