Skip This
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १५:३१:oo

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक बोलाइएको हो । काठमाडौंमा जेन–जीहरूको प्रदर्शन जारी छ ।

जेन–जीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ ।

यद्यपि, सोमबारको बैठक नियमित भए पनि आजको विषयमा बढी केन्द्रित रहेको पाइएको छ ।

आन्दोलनका क्रममा अहिलेसम्म पाँचजनाको मृत्यु भएको र सयौँजना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने तीनजना पत्रकारसमेत घाइते भएका छन् ।