मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार oo:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद

एकदिवसिय क्रिकेटमा नयाँ कीर्तिमान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार oo:१४:oo

एकदिवसिय क्रिकेट प्रतिस्पर्धामा नयाँ कीर्तिमान बनेको छ । दक्षिण अफ्रिका र इंल्याण्डबिच भएको तेस्रो एकदिवसिय खेलमा सबैभन्दा धेरै रनले हारजित हुने कीर्तिमान बनेको हो ।

सो खेलमा इंल्याण्डले दक्षिण अफ्रिकालाई ३४२ रनले पराजित गर्‍यो । एकदिवसीय क्रिकेटमा यो सबैभन्दा ठूलो  अन्तरको जित  हो । यसअघि यस्तो कीर्तिमान भारतको नाममा थियो । उसले सन् २०२३ मा श्रीलंकालाई ३१७ रनले पराजित गरेको थियो ।

आइतबार साउथम्पटनमा भएको खेलमा पहिले ब्याटीङ गरेर इंल्याण्डले ५ विकेट गुमाएर ४१४ रन बनाएको थियो । जवाफी ब्याटीङमा उत्रिएको दक्षिण अफ्रिका ७२ रनमा अलआउट भयो । यो कीर्तिमानी जितका लागि इंल्याण्डका तिव्र गतिका बलर जोफ्रा आर्चरले महत्वपूर्ण ४ विकेट लिए । 

अन्तिम खेलमा दक्षिण अफ्रिकाले लज्जास्पद पराजय बेहोरे पनि सिरिज भने उसले २–१ ले जितेको छ।