मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सोमबार ‘जेन–जी’ पुस्ताले गर्न लागेको प्रदर्शनमा बालेनको समर्थन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

भ्रष्टाचारविरुद्ध युवा पुस्ताले सोमबार गर्न लागेको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सो प्रदर्शनको समर्थन गरेका हुन्। 

तर, आफू ‘जेन–जी’मा नपर्ने भएकाले प्रदर्शनमा सहभागी नहुने उनको भनाइ छ । कार्यक्रममा आफ्ना स्वार्थ पूरा गर्न अन्य पार्टीका कार्यकर्ता तथा अभियन्ताहरूलाई सहभागी नहुने उनले भनेका छन्। 

नयाँ पुस्ताले केही दिनयता सामाजिक सञ्जालमा नेता तथा कर्मचारीका सन्तानको आलिसान जीवनशैलीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारविरोधी अभियान थालेका छन्। सोही समूहले सोमबार माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।